एनएलजी इन्स्योरेन्सको लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन

२४ माघ २०८०, बुधबार १०:०८

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुनिश्चित गर्ने आज (माघ २४ गते) अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजनार्थ यस कम्पनीले भोलि बुक क्लोज गर्दैछ ।

जसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन् । यस कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ५.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

घोषित लाभांश पारित गर्न यस कम्पनीले फागुन ३ गते आम्रपाली ब्याङ्क्वेट, थिरबम सडक, बालुवाटार काठमाडौंमा बिहानको ११ बजेदेखि १८ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*