दोस्रो त्रैमासमा शेयर धितोमा कति कर्जा प्रवाह भए ?
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा मात्रै करिब ८ अर्ब रुपैयाँ बराबरको सेयर कर्जा प्रवाह भएको छ । केन्द्रीय बैंकको तथ्यांक अनुसार पुस मसान्तसम्म ८४ अर्ब २९ करोड रुपैयाँ कर्जा प्रवाह भइसकेको छ ।
गत वर्ष असार मसान्तसम्ममा ७६ अर्ब ३० करोड रुपैयाँ बराबरको मात्र कर्जा प्रवाह भएको थियो । यसअधारमा हेर्दा ६ महिनामा मात्रै बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितोमा ७ अर्ब ९८ करोड रुपैयाँ कर्जा प्रवाह भएको देखिन्छ ।
सेयर धितो कर्जा साउनदेखि बढ्न थालेको हो । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा सेयर धितो कर्जामा केही लचकता अपनाएको थियो । फलस्वरुपः साउनदेखि यस्तो कर्जा केही बढ्न थालेको हो ।
यता, मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै केन्द्रीय बैंकले सेयर धितो कर्जामा थप सहज नीति लिएको छ । सेयर बजारमा ५० लाखभन्दा बढीको कर्जाको जोखिमभार घटाएर १२५ प्रतिशतमा झारेको थियो ।
महिना दिनमै ३ अर्ब रुपैयाँले बढ्यो सेयर धितो कर्जापछिल्लो १ महिनामा मात्रै ३ अर्ब १० करोड रुपैयाँले सेयर धितो कर्जा बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार पुस महिनामा मात्रै ३ अर्ब रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको हो । पुस मसान्तसम्म ८४ अर्ब २९ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ । मंसिरसम्ममा ८१ अर्ब १९ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको थियो ।
सेयर कर्जामा पहिलाको जस्तो उत्साह भने आइनसकेको उनको भनाई छ । सेयर बजार चलायमान भएसँगै यो क्षेत्रमा कर्जाको माग विस्तारै बढिरहेको शेयर विश्लेषकहरु बताँउछन्।
‘