रिक्त रहेको नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्त गर्न कार्यविधि बनाउने तयारीमा गठन समिति
२३ माघ २०८०, मंगलवार १२:४१
काठमाडौं । रिक्त रहेको नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्त गर्न सरकारले गठन गरेको सिफारिस समितिको पहिलो बैठक बसेको छ ।
पहिलो बैठकले अध्यक्षको नियुक्तिको कार्यविधि बनाएर अघि बढ्ने निर्णय गरेको छ।
सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ संयोजक, अर्थमन्त्रालयका सचिव कृष्णहरी पुस्कर र शंकरदेव क्यापसका प्रध्यापक सदस्य रहेको सिफारिस समिति गठन गरेको थियो ।कार्यविधि बनाएर आगामी बैठकले पारित गर्ने र पारित भए लगत्तै अध्यक्ष नियुक्त गर्न सूचना निकाल्ने अर्थमन्त्रालयले जनाएको छ ।