हिमालयन लघुवित्तको मुनाफा ६० प्रतिशतले खस्कियो, वितरणयोग्य नाफा ऋणात्मक
काठमाडौँ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चाल आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफा ५२ लाख ५८ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ६०.७१ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा १ करोड ३३ लाख रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १० करोड ५५ लाखबाट बढेर ११ करोड ७२ लाख रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको भन्दा ११.१२ प्रतिशतले बढी हो ।
कम्पनीको संचालन नाफा ६०.७१ प्रतिशतले घटेर ७५ लाख ११ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त नाफा १ करोड ९१ लाख रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ३१ करोड ९८ लाख १८ हजार रुपैयाँ, जगेडा कोषमा ११ करोड ८२ लाख रुपैयाँ, खराब कर्जा ३.५९ प्रतिशत र वितरणयोग्य नाफा १ करोड ९३ लाख रुपैयाँ रहेको छ ।
यसअवधिसम्म आइपुग्दा लघुवित्तको प्रतिसेयर आम्दानी ३ रुपैयाँ २९ पैसा र प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ६२ पैसा छ ।