प्रभु महालक्ष्मी लाइफबाट झण्डै साढे १ करोड सहित गाडी लिएर बाहिरएका थिए रमेश भट्टराई
काठमाडौं । प्रभु महालक्ष्मी लाइफका तत्कालीन सिईओ रमेश भट्टराईले जागिर छोडेर भीआरएस सुविधाको साथै गाडि समेत लिएर बाहिरिएका छन् ।
अवैध नियुक्त भएका सिईओ भट्टराई आफनो कार्यकाल नसकि नैतिकताका आधारमा बीचमै निस्किए पनि जाँदाजाँदै आफूलाई फाईदा पुग्ने निर्णय गरेर बाहिरिएका छन् । सिईओ भट्टराईले ७ महिना काम गरेर २० महिनाको तलब बुझको कम्पनीले जनाएको छ।
भट्टराईले कम्पनीबाट बाहिरिएपनि स्वेच्छिक अवकास सुविधा (भीआरएस,) सुविधा दिएर बाहिरिएका छन् । उनले २० महिनामो १ करोड ४० लाख रुपैयाँ लिएर बाहिरिएको कर्मचारीका एक अधिकारीले बताए ।
कम्पनीले अन्य कर्मचारीहरूका लागि माघ २५ गतेसम्म भीआरएस सुविधा खुला गरेको छ । कम्पनीले खुला गरेको भीआरएस सुविधामा आवेदन दिने संख्या बढिरहेको छ । निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंका अनुसार कम्पनीमा कर्मचारीको संख्या बढी भएका कारण भीआरएस सुविधा खुला गरिएको हो ।