१० बीमा कम्पनीको शेयरमूल्य बढ्दा १३ को घट्यो, कुनको कति? (एलटीपीसहित)
काठमाडौं । सोमबार नेप्से १४ अंकले बढेर २०७६ को विन्दुमा कामय भएको छ । आज बीमा सेक्टरमा तीव्र उतारचढाव हुँदा १० बीमा कम्पनीहरुको शेयरमूल्य बढ्यो भने १३ कम्पनीको शेयरमूल्य ओरालोतर्फ लाग्यो ।
आज समग्रमा नेप्सेमा सूचीकृत १४८ कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ भने ८६ कम्पनीको शेयरमूल्य राताम्मे बनेको छ । यता १३ कम्पनीहरुको शेयरमूल्यमा भने कुनै हलचल देखिएन् ।
जीवन बीमा
यस दिन जीवन बीमा परिसूचक १९ अंकले बढेको छ । जीवन बीमा सेक्टरबाट आज कुल १२ सूचीकृत कम्पनीहरु कारोबारमा आएका छन् । जसमध्ये ६ बीमा कम्पनीहरुको शेयरमूल्य बढ्दा जीवन बीमा उपसूचक ०.१८ प्रतिशतले उचालिएको छ ।
आज ५ जीवन बीमा कम्पनीहरुको शेयरमूल्य घट्यो भने एकको अवस्था स्थिर रहेको छ । सोमबार हिमालयन लाइफको शेयरमूल्य सर्वाधिक कम ४०२ रुपैयाँमा कारोबार भयो भने लाइफ इन्स्योरेस कर्पाेरेशनको सर्वाधिक एक हजार ३९७ रुपैयाँमा शेयर कारोबार भएको छ ।
निर्जीवन बीमा
यस दिन बीमा परिसूचक ४४ अंकले ओरालो लागेको छ । सोमबार निर्जीवन बीमा सेक्टरबाट कारोबारमा आएका अधिकांश कम्पनीको शेयरमूल्य राताम्मे भएपछि निर्जीवन बीमा उपसूचक ०.४१ प्रतिशतले घटेको छ ।
आज निर्जीवन बीमा सेक्टरबाट कुल १२ सूचीकृत कम्पनीहरु कारोबारमा आएका छन् । जसमध्ये ८ कम्पनीहरुको शेयरमूल्य घट्दा ४ कम्पनीको मात्र शेयरमूल्य बढेको छ ।
आज सानिमा जीआईसी इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक कम ५२१ रुपैयाँमा कारोबार भएको छ भने राष्ट्रिय बीमा कम्पनीको सर्वाधिक १४ हजार २०० रुपैयाँमा शेयर कारोबार भएको छ ।