स्वाभिमान लघुवित्त र विशाल बजारको शेयरमा चर्काे गिरावट, अन्य कुनको घट्यो सर्वाधिक?
२२ माघ २०८०, सोमबार १५:१४
काठमाडौं । सोमबार नेप्सेमा सूचीकृत ८६ कम्पनीहरुको शेयरमूल्यमा गिरावट आएको छ । आज स्वाभिमान लघुवित्तको ६.७८ र विशाल बजारको ५.३६ प्रतिशतले शेयरमूल्य ओरालो लागेको हो ।
त्यस्तै, चन्द्रागिरी हिल्स, मन्दाकिनी हाइड्रोपावर, सिद्धार्थ प्रिमियर इस्योरेन्स, बीपीडब्लू लघुवित्त, नेपाव वेयरहाउजिङ कम्पनी, एनएमबी ५०, सनराइज फोकस्ड इक्विटी फण्ड र दोर्दी खोला जल विद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक घटेको छ ।