हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा शुलभ अग्रवाल नियुक्त

२२ माघ २०८०, सोमबार १०:५२

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्सले अध्यक्षमा शुलभ अग्रवाललाई नियुक्त गरेको छ । कम्पनीको माघ २१ गते बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

अग्रवाललाई संचालक समितिको अध्यक्ष पदमा सर्वसम्पत रुपमा चयन गरेको हो । अग्रवाल शंकर ग्रुपबाट प्रतिनिधित्व गर्देछन् । साबिकको यूनियन लाइफ, गुराँस लाइफ र प्राइम लाइफ मर्जरपछि अध्यक्षमा नियुक्त भएका अग्रवाललाई पुनः नियुक्त गरेको हो ।

अग्रवाल अध्यक्ष नियुक्ति पश्चात कामकारवाही तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाई ब्यवसाय विस्तार गर्ने र सेयरधनीहरुको चाहना अनुसार कार्यसम्पादन स्तर उच्च स्तरमा बृद्धि गर्ने विश्वास कम्पनीले लिएको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*