पोखरा फाइनान्सको संस्थापक शेयर बिक्रीमा

२१ माघ २०८०, आईतवार ११:५३

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी धन बहादुर शेरचन, शंकर पराजुली र कुल बहादुर गुरुङको स्वामित्वमा रहेको शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर कम्पनीका संस्थापक शेयरधनीहरुले मात्रै खरिद गर्न सक्नेछन् । सो शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, न्यूरोड, पोखरा–९, कास्कीमा निवेदन दिनुपर्नेछ । सूचनामा कम्पनीले बिक्री गर्न लागेको शेयर संख्याभने खुलाएको छैन् ।

साथै, तोकिएको समयभित्र शेयरधनीहरुको खरिद आवेदन नपरेको खण्डमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने कम्पनीले बताएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*