कालंगा हाइड्रोले आईपीओ निष्काशन गर्ने, शेयर प्रत्याभूतिकर्तामा ज्योति क्यापिटल
काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि जारी गर्न लागेको १०० रुपैयाँ अंकित मूल्यको ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता शेयरमध्ये ३४ करोड ९० लाख रुपैयाँ बराबरको ३४ लाख ९० हजार कित्ता शेयर ज्योति क्यापिटल लिमिटेडले प्रत्याभूति गर्ने भएको छ ।
माघ १८ गते बिहिबार क्यापिटल र हाइड्रोपावर कम्पनीबीच शेयर प्रत्याभूति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो । हाइड्रोको रजिष्टर्ड कार्यालय धोबिघाट, ललितपुरमा आयोजित एक समारोहबीच क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र हाइड्रोको तर्फबाट सञ्चालक तिर्थराज चटौतले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको ज्योति क्यापिटलको चुक्ता पुंजी २१ करोड रहेको छ । हरेक ग्राहकहरुको सम्पन्नताको सहयात्री बन्ने अभिलाषा बोकेको क्यापिटलले नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमती प्राप्त गरी लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति सेवा प्रदान गरिरहेको छ ।