यी कम्पनीको शेयर किन्दा अझै पाईन्छ लाभांश
काठमाडौं । नेप्समा सूचीकृत अधिकांश कम्पनीले गत आर्थिक वर्ष २०७९र८० को नाफाबाट लाभांश घोषणा गरिसकेका छन् ।यस वर्ष सूचीकृत कम्पनीमध्ये लाभांश दिनेभन्दा नदिने धेरै रहेका छन् । लाभांश घोषाणा गरेको अधिकांशले साधरणसभाबाट पारित समेत गरिसकेका छन् भने केहीले घोषणा गर्नै बाँकी छ ।
कानुनी व्यवस्था अनुसार आर्थिक वर्ष सकिएको ६ महिना अर्थात् पुस मसान्तभित्र साधरण सभा गरिसक्नु पर्ने भए पनि कम्पनीहरुले हेलचेक्र्याइँ गर्दै आएका छन् ।
गत वर्षको नाफाबाट लाभांश घोषणा गरेका ५ कम्पनीले भने अझै साधरण सभा प्रयोजनका लागि बुकक्लोज गरेका छैनन् । तसर्थ अझै सेयर किन्दा ती कम्पनीको प्रस्तावित लाभांश पाइन्छ ।
एशियन लाइफ, युनाइटेड अजोड, एनएलजी इन्स्योरेन्स, साल्ट ट्रेडिङ र माउन्टेन इनर्जीको बुकक्लोज हुन बाँकी छ । जसमा युनाइटेड अजोड र एनएलजीले साधरण सभाका लागि बुकक्लोज मिति तोकेका छन् भने अरुले अझै मिति घोषणा गरेका छैनन् ।
एशियन लाइफले गत वर्षको नाफाबाट ७।७५ प्रतिशत बोनस सेयर र ०।४० प्रतिशत नगद गरी कुल ८।१५ प्रतिशत लाभांश घोषणा गरेका छ । त्यस्तै, युनाइटेड अजोडले १०।८० प्रतितश ९१०।२६ प्रतिशत बोनस र ०।५४ प्रतिशत नगद०, एनएलजीले ५।७८ प्रतिशत ९५।५ प्रतिशत बोनस र ०।२८ प्रतिशत नगद० लाभांश प्रस्ताव गरेका छन् ।
त्यसैगरी, साल्ट ट्रेडिङले १५।७९ प्रतिशत ९१५ प्रतिशत बोनस र ०।७९ प्रतिशत नगद र माउन्टेन इनर्जीले १५।७९ प्रतिशत १५ प्रतिशत बोनस र ०।७८ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।