‘अरोमा’ को इलेक्ट्रोनिक स्कुटर चल्दाचल्दै आगजनि, आलटाल गर्दै कम्पनी !

१९ माघ २०८०, शुक्रबार १२:५९

काठमाडौँ । पछिल्लो समय नेपाली बजार इभिमय बनेको छ । निरन्तर बजामा इभि (दुई र चार पाङ्गे) गाडि भित्रि रहेको अवस्था छ । अझ सरकारले इभिको आयातमा भन्सार दर र अन्तःशुल्क घटाएसँगै नेपाली बजार इभिले भरिएको हो ।

विस्तारै इभिमय वातावरण समेत बनि रहेको अवस्था छ । तर, केहि इभिमा आएको समस्याले ग्राहक भने सोच्न बाध्य भएका छन् । माघ १८ गते कैलालीको धनगढीमा चलाउँदै गरेको इलेक्ट्रोनिक स्कुटर ‘अरोमा’ मा आगलागी भएर जलेको छ ।

धनगढीको छ लेन सडक खण्डमा सुदुरपश्चिम प्रदेश ०१०११ प ६६३१ नम्बरको स्कुटरमा अचानक आगलागी भएको हो । स्कुटर चालक धनगढी उपमहानगरपालिका–४ का ५३ वर्षीय कृष्णप्रसाद शर्मा थिए । उनी भने सुरक्षित छन्। स्कुटरमा लागेको आगो प्रहरीहरुले मोटर मार्फत पानी चलाई स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

आलटालमा लाग्यो कम्पनी
आरोग्य मोटर्स प्रा.लीले अरोमा इलेक्ट्रोनिक स्कुटर नेपाली बजारमा ल्याएको हो । चलाई रहेको स्कुटर आगलागि भइ नष्ट हुँदा समेत कम्पनीले अहिलेसम्म कुनै स्पष्टीकरण दिएको छैन ।

यता, आरोग्य मोटर्सका कम्पनी म्यानेजर अर्जुन जयगढी भने चार्ज बढी र ओभर लोडका कारण स्कुटरमा आगजनि भएको बीमा पोष्टलाई जानकारी दिए ।  उनले भने, – ‘राति भरी स्कुटर चार्जमा लगाएको रैछ । लोड बढी रहेको छ । त्यो स्कुटर सिङ्गल सिट हो । त्यसले ८० देखि १०० केजिसम्म लोड बोक्न सक्छ । स्कुटरमा करिब ८० केजि कै दुई जना रहेका छन् । सोहि कारण आगजनि भएको हो ।’

‘चलाउँदा चलाउँदै ब्याट्रीमा समस्या आई आगजनि भएको हो । यस्ता समस्या पछिल्ला समय आएको छ । कारमा समेत यस्ता समस्या देखिएका छन् । इभिका निश्चत सिमा हुन्छ । कति चार्ज गर्ने ? कति चलाउने भन्ने’ ढकालले भने,- ‘अब नयाँ आउने ग्राहकलाई जानकारी दिएर बिक्री गरी रहेका छौं ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*