इन्फिनिटी लघुवित्तको मुनाफा ६३.५४ प्रतिशतले खुम्चियो, वितरणयोग्य नाफा ऋणात्मक, अन्य सूचक कस्ता ?

१९ माघ २०८०, शुक्रबार १०:४१

काठमाडौँ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफा ओरालो लागेको छ ।

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कम्पनीको मुनाफा १ करोड ४९ लाख ८१ हजार रुपैयाँमा सिमित भएको छ । जुन गत आर्थिक वर्षको तुलनामा ६३.५४ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ४ करोड १०लाख ९९ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र संचालन नाफा समेत ओरालो लागेको छ । कम्पनीको खुद ब्याज आम्दानी २८.६६ प्रतिशतले घटेर १० करोड ८९ लाख ५८ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी १५ करोड २७ लाख ५१ हजार रुपैयाँ रहेको थियो ।

यता, संचालन नाफा समेत २ करोड १४ लाख २ हजार रुपैयाँमा सिमित भएको छ । जुन गत आर्थिक वर्षको तुलनामा ६३.५४ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त नाफा ५ करोड ८७ लाख १३ हजार रुपैयाँमा सिमित रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी ४९ करोड ७४ लाख १५ हजार रुपैयाँ, जगेडा कोष २३ करोड २२ लाख रुपैयाँ, वितरणयोग्य नाफा ४ करोड ८२ लाख ६ हजार रुपैयाँ र खराब कर्जा ४.९५ प्रतिशत रहेको छ ।

पुष मसान्तसम्मकोे अवधिमा कम्पनीको कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ २ पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ९९ पैसा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*