मेरो माइक्रोफाइनान्सको मुनाफा ६ करोड ४३ लाख, वितरणयोग्य नाफा र इपिएस कति ?

१९ माघ २०८०, शुक्रबार ०८:२८

काठमाडौँ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा कम्पनीको मुनाफा ६ करोड ४३ लाख ९ हजार रुपैयाँमा रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ५.१४ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ६ करोड ७७ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीको खुद ब्याज आम्दानी १.१७ प्रतिशतले बढेर ३९ करोड ६३ लाख १२ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त नाफा ३९ करोड १७ लाख रुपैयाँ रहेको छ ।
यस अवधिमा कम्पनीको वितरणयोग्य नाफा ६ करोड ९७ लाख २० हजार रुपैयाँ छ । यता, खराब कर्जा २.९१ प्रतिशतले बढेर ७.८७ प्रतिशत पुगेको छ ।

समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी १ अर्ब ३२ करोड रुपैयाँ, जगेडा कोष ५२ करोड ४५ लाख रुपैयाँ, संचालक नाफा ३.१५ प्रतिशतले घटेर ९ करोड १८ लाख ४१ हजार रुपैयाँ पुगेको छ ।

पुस मसान्तसम्म प्रतिसेयर आम्दानी १ रुपैयाँ ५६ पैसाले घटेर ९ रुपैयाँ ७४ पैसा र प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ २२ पैसा

2 thoughts on “मेरो माइक्रोफाइनान्सको मुनाफा ६ करोड ४३ लाख, वितरणयोग्य नाफा र इपिएस कति ?

  1. बिष्णु बि क says:

    Congratulations all staff haru lai ❤️❤️

  2. राधा कृष्ण यादव says:

    सिप मुलक तालिम प्रदान गरि सोही अनुसारको कर्जा प्रवाह गरि सदस्य लाइ रोजगार‌मा लगाउनु पर्दछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*