चर्चित व्यापारी अरुण चौधरी पक्राउ, सिआईबीको हिराशतमा पुर्‍याइयो

१८ माघ २०८०, बिहीबार १४:१४

काठमाडौं । नेपालका चर्चित व्यापारी अरुण चौधरी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले आज चौधरीलाई सरकारी जग्गा हिनामिना काण्डमा पक्राउ गरेको हो ।

पक्राउ परेको चौधरीलाई सिआईबीको हिराशत कक्ष महाराजगन्ज पुर्याइएको छ । केही दिनदेखि नेपालका ठूलो माछा पक्राउ पर्ने भन्दै सामाजिक सञ्जालमा चर्चा भइरहेको बेला व्यापारी चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

चौधरीले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा किर्ते गरी आफ्नो बनाई विद्यालय सञ्चालन गरेको विषय निकै पुरानो विवादित विषय हो । चौधरी प्रतिनिधि सभाका सांसद बिनोद चौधरीका भाइ हुन् । अर्बपति चौधरी परिवारका सदस्यलाई सिआईबीले पक्राउ गरेपछि भ्रष्टाचारीलाई कडा कारवाही गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धताको इमान्दार कार्यान्वयन भएको रुपमा चर्चा सुरु भएको छ ।

चौधरीसँग बाँसबारी छाला जुत्ता कारखानाका तत्कालिन अध्यक्ष अजितनारायण सिंह थापालाई पनि सिआईबीले पक्राउ गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*