रिलायबल नेपाल लाइफ र अरुण भ्यालीको शेयर कारोबार आज कतिमा हुँदैछ ?
१५ माघ २०८०, सोमबार ०७:५९
काठमाडौं । नेप्सेमा हिजो दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । हिजो रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र अरुण भ्याली हाइड्रोपावरको सेयर मूल्य नेप्सेमा समायोजन भएको हो ।
रिलायबल नेपालको १६ प्रतिशत बोनस समायोजन गरेको हो । समायोजन पछि कम्पनीको सेयर मूल्य ४९७ रुपैयाँ ८४ पैसा कायम भएको छ । हिजो कम्पनीको अन्तिम कारोबार ५ सय ७७ रुपैयाँ ५० पैसामा भएको थियो।
त्यस्तै, अरुण भ्यालीको १०० प्रतिशत हकप्रद बापतको सेयर मुल्य समायोजन गरेको हो । समायोजन पछि कम्पनीको सेयर मूल्य १९० रुपैयाँ १० पैसामा कायम भएको छ । हिजो कम्पनीको अन्तिम कारोबार २८० रुपैयाँ २० पैसामा भएको थियो ।