थ्रीस्टार हाइड्रोपावरको सेयरको लकइन समाप्त
१३ माघ २०८०, शनिबार ०७:१४
काठमाडौं । थ्रीस्टार हाईड्रोपावर लिमिटेडको शेयरको लकइन समाप्त भएको छ। सामूहिक लगानीकोषको स्वामित्वमा रहेको शेयरको लकइन समाप्त भएको हो ।
कम्पनीले गत पुस १८ गतेबाटनै सामूहिक लगानीकोषको स्वामित्वमा रहेको ३६ हजार ९३८ कित्ता शेयरको लकइन समाप्त भैसकेको जानकारी दिएको हो । पछिल्लो समय सामूहिक लगानीकोषको स्वामित्वमा रहेको शेयरमा समेत सर्वसाधारणमा बाँडफाँट भएको मितिदेखि ६ महिनासम्म लकइनको व्यवस्था भएको हो ।
यस कम्पनीले सर्वसाधारणमा २०८० साल असार १९ गते आईपीओ बाँडफाँट गरेको थियो । लकइन अवधि समाप्त हुनु ३० दिन अगाबै सूचना सार्वजनिक गर्नुपर्नेमा यस कम्पनीले अधि समाप्त भएको करिब १ महिनामा सूचना जारी गरेको हो ।