राष्ट्रिय जीवन बीमा कम्पनीमा बढुवा कर्मचारी पाँच महिनादेखि जिम्मेवारी विहीन
काठमाडौँ । राष्ट्रिय जीवन बीमा कम्पनी पाँच महिनादेखि निमित्तको भरमा चलिरहेको छ । कम्पनीका तत्कालिन प्रशासक कवि पाठक बाहिरिएसँगै कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीइओ) को जिम्मेवारीमा महेश रिमाल रहेका छन् ।
कामु सीइओमा जिम्मेवारी पाएसँगै कर्मचारी बढुवा सिफारिस हुँदा समेत नियुक्ति नदिएको भन्दै रिमालप्रति आक्रोस भएका छन् । लोकसेवा आयोगको सहमति र पदपूर्ति समितिको निर्णयअनुसार कार्यसम्पादन मूल्यांकनबाट बढुवा सिफारिस भएका कर्मचारीलाई नियुक्ति नदिएको आरोप रिमाल माथि रहेको छ ।
लामो समयसम्म समेत बढुवा सिफारिस भएका कर्मचारीलाई नियुक्त नगरि अन्याय गरी रहेको कर्मचारीहरुको ओराप रहेको छ । कार्यसम्पादन मूल्याङ्कनबाट चौथो तहमा बढुवाका लागि सिफारिस भएका १६ कर्मचारी मध्ये अधिकांश ५ महिनादेखि जिम्मेवारीमा छैनन् ।
त्यस्तै, नवौं तहमा बढुवा सिफारिस भएका विन्दु शर्मा, दिपा अधिकारी, शारदा पाण्डेय, चुडाराम अधिकारी, सुलक्षणा पण्डित र दिनेश गौतम समेत जिम्मेवारी विहिन रहेका छन् ।