हजारौं नेपालीसहित विश्वका २६ अर्ब इमेल र सामाजिक सञ्जाल एकाउन्टको विवरण चोरी, तपाई कति सुरक्षित ?

१२ माघ २०८०, शुक्रबार ११:१७

काठमाडौं । सूचना प्रविधिको दुनियाँमा हालसम्मकै सबैभन्दा ठूलो डाटा चोरीको घटना हालै बाहिर आएकोछ । साईबर न्यूजडटक नामक अनलाईनले सार्वजनिक गरेको विवरण अनुसार हजारौं नेपालीसहित विश्वभरमा करोडौं मानिसका जिमेल, ट्वीटर, लिङ्कड इन, स्न्यापच्याट, इस्टाग्रामसहितका एकाउन्ट सम्बन्धी विवरणहरु चोरी भएका छन् ।

सिएसट डटकमका अनुसार अनुसन्धानकर्ताहरुले कूल २६ बिलियन इमेल र सामाजिक सञ्जाल सम्बन्धी खाताहरुको विवरण १२ टेराबाईट आकारको रहेको तथ्य औल्याएको छ । कूल १२ टिबी डाटामा सामाजिक सञ्जाल प्लेटफर्मदेखि विश्वकै नम्वर वान इमेल सेवा प्रदायक जिमेल समेत समावेश रहेको छ ।

सेक्युरिटी डिस्कभरी र साईबर न्यूजका अनुसन्धानकर्ताहरुले उक्त हालसम्मकै ठूलो डाटा चोरीको घटनालाई ‘मदर अफ अल ब्रिचेज’ नाम दिएका छन् । चोरी भएको तथ्याङ्कमा लगइन क्रिडेन्सियलसहितका रहेका विवरण रहेका छन् । साईबरन्यूजका अनुसार डिजर, माइस्पेश, ड्रपबक्स, एडब आदिको लगइन डिटेल चोरी गरेका थिए ।

साईबर सेक्युरिटी सम्बन्धी अनुसन्धानकर्ता तथा साईबर सेक्युरिटी डटकमका सञ्चालक बब डाइचेन्कोको अनुसन्धान टिमले २६ अर्ब खाता सम्बन्धी विवरण चोरी भएको तथ्य पत्ता लगाउन सफल भएको हो । चोरी गर्नेहरुले यसअघि नै चोरी भएको डाटा, जुन पब्लिक भएको थिएन, सोही डाटामा पुनः नयाँ डाटा थपेर संग्रह गरिरहेको अवस्थामा फेला पारेका थिए । अनुसन्धानकर्ताहरुले चोरिएका फाइलहरु ३८०० वटा रहेका छन् ।

चोरी भएका डाटामा अमेरिका, ब्राजिल, जर्मनी, फिलिपिन्स, टर्कीसहितका थुप्रै देशका सरकारी तथ्याङ्कहरु समेत रहेका छन् ।

डाटा चोरीको सिकार हुनेहरु थुप्रै नेपालीहरु समेत परेको क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । उनका अनुसार डाटा चोरीमा थुप्रै नेपालीहरुको इमेल ट्रेस भएको छ । के कति र कस्तो तहको डाटा चोरी भएको भन्ने सम्बन्धमा थप अध्ययनपछि मात्रै बताउन सकिने जानकारी दिए । महासचिव अधिकारीले डाटा चोरी भएको विषयलाई तत्कालै आत्तिई हाल्नुपर्ने अवस्था नरहेको तर, हरेक नागरिकतालाई आफ्नो विवरण सुरक्षित राख्न आह्वान गरेका छन् ।

साईबर न्यूजले हरेकको इमेल लिक भए नभएको जाँच गरेर सूचना दिइरहेको छ । सो जाँचको क्रममा थुप्रै नेपालीहरुले डाटा चोरी भएको तथ्य देखाइरहेको छ । चोरी भएका इमेलहरु प्रयोग गरेर कैयौं नेपालीहरुले फेसबुकको ह्याक भएको छ । यस बाहेक अन्यत्र यसको दुरुपयोग भेटिएको छैन ।

आफ्नो इमेल वा फोन नं सम्बन्धी डाटा चोरी भएको भए/नभएको यसरी चेक गर्न सकिन्छ ।

https://cybernews.com/personal-data-leak-check/

 

 

One thought on “हजारौं नेपालीसहित विश्वका २६ अर्ब इमेल र सामाजिक सञ्जाल एकाउन्टको विवरण चोरी, तपाई कति सुरक्षित ?

  1. Shreedhar Kumal says:

    क्यान्को [email protected] पनि रैछ त यस्मा । स्वघोषित साईबर सुरक्षाविज्ञ क्यान्का मा’सचिपको के रैछ यस्मा धारणा

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*