माउन्टेन इनर्जीको विद्युत बिक्री आम्दानी साढे ७३ करोड, मुनाफा र प्रतिसेयर आम्दानी कति ?
काठमाडौँ । माउन्टेन इनर्जीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी १.१८ प्रतिशतले घटेको छ । यस अवधिमा कम्पनीले ७३ करोड ५२ लाख ९२ हजार रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ७४ करोड ४० लाख ५२ हजार रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीको खुद नाफा ३५ करोड ६३ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा १.६३ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ३५ करोड ५८ लाख ८० हजार रुपैयाँ रहेको थियो ।
यस अवधिमा कम्पनीको सञ्चालन मुनाफा २.८२ प्रतिशत घटेर ४९ करोड ३४ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको संचालन नाफा ५० करोड ७७ लाख रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ५९ पैसा घटेर ३५ रुपैयाँ ५८ पैसामा र प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ ३२ पैसा रहेको छ ।