साम्लिङ पावरको शेयरमा सकारात्मक सर्किट, अन्य कुनको बढ्यो सर्वाधिक?
११ माघ २०८०, बिहीबार १५:०५
काठमाडौं । साता कारोबारको अन्तिम दिन ९१ सूचीकृत कम्पनीहरुको शेयरमूल्य बढेको छ । बिहीबार साम्लिङ पावर कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा बढेर कारोबार भएको हो ।
यस दिन मिड सोलु हाइड्रोपावर र इन्फिनिटी लघुवित्तको क्रमशः ८.७९ र ८.१२ प्रतिशतले बढेको छ । त्यस्तै, नेपाल हाइड्रो डेभलपमेन्ट, मनकामना स्मार्ट लघुवित्त, कालिका पावर कम्पनी, उन्नति सहकार्य लघुवित्त, मकर जितुमाया सुरी हाइड्रोपावर, ज्योति विकास बैंक बोण्ड २०८७ र सिंगटी हाइड्रो इनर्जीको शेयरमूल्य सर्वाधिक बढेको छ ।