एमजी ईभी आगलागीको घटना लुकाउन यस्तो ‘चिटिङ’, १ महिना वित्दा पनि पीडितले पाएनन क्षतिपूर्ति

११ माघ २०८०, बिहीबार १४:०८

काठमाडौं । एमजी जेड एस ईभीमा आगलागी भएको एक महिना वितिसक्दा पनि कम्पनीले पीडितलाई क्षतिपूर्ति दिन अटेर गरिरहेको बुझिएको छ । एमजी मोटर्सको नेपालमा आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्स हो । पारामाउन्ट मोटर्सले पीडित सवारीधनी सुदिप लामिछानेलाई एक साताभित्र क्षतिपूर्ति दिने प्रतिबद्धता जनाए पनि अहिलेसम्म टेरपुच्छर लगाएको छैन ।

गएको पुस ९ गते राति १२ बजे बुढानीलकण्ठ–३ स्थित देउवाचोकमा चार्जिङमा राखिएको एमजी जेड ईभीमा आगलागी भएको थियो । गाडी आगलागी भएको एक महिना वितिसक्दा पनि अहिलेसम्म कम्पनीले क्षतिपूर्तिका लागि कुनै चासो नदिएको लामिछानेले बताएका छन् । विज्ञप्ति निकाल्नुअघि एक हप्तामै कुनै घाटा नहुने गरि क्षतिपूर्तिको व्यवस्था मिलाउने जवाफ दिएको एक महिना वितिसक्दा पनि वास्ता नगरेको लामिछानेको भनाइ छ ।

कम्पनीले यो समस्या समाधानको जिम्मा दिएका व्यक्ति बाहिर रहेको भन्दै झारा टार्ने जवाफ दिइरहेको पीडित लामिछानेले बताएका छन् । लामिछानेका अनुसार कम्पनीले विज्ञप्ति निकाल्ने समयमा एक्कासी विद्युतीय तार शर्ट भएर आगलागी भएको भन्ने र पीडित युवकले वास्तविक कुरा बाहिर नल्याउने सहमति भएको बताइन्छ ।

एमजीका नेपाल व्यवस्थापकले उनलाई भनेका थिए, ‘तपाईंले अहिले बाहिर कसैलाई नभन्नुस्, घटना लुकाउनुस् । तपाईंलाई कुनै घाटा नहुनेगरी व्यवस्था गरौँला ।’ यो कुराकानी आफुले रेकर्ड गरेर राखेको पीडितले बताएका छन् ।

कम्पनीले जालझेल गरेर वास्ता गर्नै छोडेपछि वास्तविक कुरा बाहिर ल्याउन लागेको लामिछानेको भनाइ छ । उनका अनुसार बाहिर विद्युतीय तार शर्ट भएर आगलागी भएको थिएन । उनी भन्छन्, ‘शर्ट सर्किट भएको भए । चार्जर जोडेको ठाउँबाट आगो लाग्नु पर्ने, तार जल्नुपर्ने । तर, गाडीको पछाडिपट्टि बायाँतिरबाट आगो दन्किएको थियो । यी सबै कुराको प्रमाण मसँग छ ।’

त्यसबाहेक शर्ट सर्किट भएको बेला एमसीबी झर्नु पर्नेमा त्यस्तो केही नभएको र तार पनि सकुशल रहेको उनको भनाइ छ । उनी गाडीको चार्जिङ पोर्ट र ब्याट्रीलाई जोड्ने तारमा खराबी भएकाले आगलागी भएको भन्ने कुरामै अडिग छन् । कम्पनीले नै कुरा लुकाउने र घटना सामसुम पार्ने आश्वासन दिएर आफुलाई धोका दिएको उनको भनाइ छ ।

यस्तो थियो विज्ञप्ति

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*