निरन्तर ओरालो एनआइसी एशिया बैंकको सेयर मूल्य, यस्तो छ कारण !

११ माघ २०८०, बिहीबार १३:१५

काठमाडौँ । पछिल्लो समय एनआइसी एशिया बैंकको सेयर मूल्य निरन्तर ओरालो लागेको छ । बैंकको सेयर मूल्य ओरालो लाग्दा लगानीकर्ता निराश बनेका छन् ।

बैंकको मूल्य निरन्तर ८ दिन ओरालो लाग्दा हिजो मात्र सामान्य सुधार आएको हो । घटि रहेको बैंकको सेयर मूल्यमा वित्तीय विवरणले थप प्रभाव पारेको छ । बैंकले यो साताको आइतबार बैंकले चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गरेको थियो । जसमा अधिकांश सूचक ओरालो यात्रा तिर लम्किएको छ ।

पुष मसान्तसम्म बैंकको मुनाफा ४१.८४ प्रतिशतले घटेर १ अर्ब ९० करोड ३८ लाख ७ हजार रुपैयाँ, खुद ब्याज आम्दानी १०.१३ प्रतिशतले घटेर ५ अर्ब ५४ करोड १४ लाख रुपैयाँ, वितरणयोग्य नाफा ५९ करोड २२ लाख रुपैयाँ, खराब कर्जा बढेर १.१९ प्रतिशत, प्रतिसेयर आम्दानी ३१ रुपैयाँ १८ पैसाले घटेर २५ रुपैयाँ ५९ पैसा र प्रतिसेयर सेयर नेटवर्थ २०५ रुपैयाँ २८ पैसा रहेको छ ।

अधिकांश सूचक ओरालो लाग्दा कम्पनीको सेयर मूल्य प्रभावित भएको हो । कम्पनीको मूल्य निरन्तर ओरालो लाग्दा ४७७ रुपैयाँमा सिमित भएको । यो समाचार तयार पर्दा (१ः०९ बजे) सम्म कम्पनीको सेयर मूल्य स्थिर रहदैं ४७७ रुपैयाँ ३० पैसामा सिमित भएको छ । कम्पनीको अहिलेसम्म ४६ हजार ७४९ कित्ता सेयर किनबेच हुँदा २ करोड २३ लाख ९० हजार रुपैयाँको कारोबार भएको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*