विद्यालयलाई पूर्वाधार निमार्णमा माछापुच्छ्रे बैंकको सहयोग

११ माघ २०८०, बिहीबार १०:५६

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न प्रदेशका सरकारी विद्यालयलाई सहयोग गरेको छ । बैंकले बाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न सरकारी विद्यालयलाई पूर्वाधार निमार्णमा सहयोग गर्ने जनाएको हो ।

बैंकले कर्णाली प्रदेशको सुर्खेतस्थित शारदा नगरपालिका–१५ मा रहेको त्रिभुवन जनमाध्यमिक विद्यालयमा खानेपानी सुविधाका लागि आवश्यक पूर्वाधार निर्माण गर्न र कैलालीको गोदावरी नगरपालिका–६ बँहेडास्थित शैलेश्वरी उच्च माध्यमिक विद्यालयमा शौचालय निर्माण गर्न दुवै विद्यालयसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

त्यसैगरी बैंकले बाग्मती प्रदेशको काठमाडौं महानगरपालिका–४ लम्टन्ङ्गिस्थित पञ्चकन्या आधारभूत विद्यालयलाई सभाहल निर्माण गर्न सम्झौतामा हस्ताक्षर गरेको छ ।

विद्यालयमा खानेपानी तथा शौचालयको असुविधाका कारण पठनपाठनमा समेत समस्या भएको जानकारी पाएपछि बैंकले पूर्वाधारहरु निर्माण गर्ने निर्णय गरेको जनाएको छ।

विद्यालयको पूर्वाधार निर्माण गर्नेसम्बन्धी सम्झौता पत्रमा सम्बन्धित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकले खानेपानी सुविधा र शौचालय निमार्ण गरी हस्तान्तरण गर्नेछ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशभर विभिन्न संघ सस्थासँग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकासलगायतका क्षेत्रमा काम गर्दै आइरहेको उल्लेख गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*