एक महिनामा ९ वटा जीवन बीमा कम्पनीहरुको नविकरण शुल्क बढ्यो, कुनको कति (सूचीसहित)

१० माघ २०८०, बुधबार १८:५०

काठमाडौँ । हाल सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुको नविकरण बीमा शूल्क आर्जन एक महिनाको अन्तरालमा ३.३२ प्रतिशतले घटेको छ । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको पुष महिनासम्मको वित्तीय विवरण अनुसार मंसिर महिनादेखि पुष महिनासम्मको अन्तरालमा नविकरण बीमा शुल्क घटेको हो ।

मंसिर महिनामा जीवन बीमा कम्पनीहरुले नौ अर्व ९६ करोड १२ लाख रुपैयाँ रहेको नविकरण बीमा शुल्क आर्जन पुष महिनामा नौ अर्ब ६२ करोड ९९ लाख रुपैयाँमा सीमित रहेको छ ।

पुष मसान्तसम्ममा ९ कम्पनीको नविकरण बीमा शुल्क आर्जन भने बढेको छ । अन्यको उक्त शुल्क घटेको प्राधिकरणले सार्वजनिक गरेको तथ्याङमा उल्लेख गरीएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*