बालेनलाई फुटपाथ व्यवसायीको माग ‘हामीलाई गरिखान देउ’

१० माघ २०८०, बुधबार १६:०४

काठमाडौं । काठमाडौं महानगरमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएकै दिन फुटपाथमा व्यवसायीले महानगरको कार्यालय घेराउ गरेका छन् ।

रत्नपार्कमा भेला भएर फुटपाथ व्यापारी जुलुससहित काठमाडौं प्जाला घेराउ गर्न पुगेका हुन् । ‘स्वरोजगार श्रमिकका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन व्यवस्था गर, सडकमा व्यापार गर्नु रहर होइन बाध्यता हो, हामीलाई गरिखान देऊ’, लगायतका प्लेकार्डसहित व्यापारीहरूले प्रदर्शन र घेराउ गरेका हुन् ।

उनीहरुले महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको सम्पति छानबिनको गर्न समेत माग गरेका छन् । उनीहरुले काठमाडौं महानगर प्रमुख बालेन्द्र साह बालेनलाई आफुहरुको रोजीरोटी नभत्काउन र गरिखान दिन माग गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*