कुमारी बैंकको सेयर बिक्रीमा, क–कस्ले दिने आवेदन ?
१० माघ २०८०, बुधबार १०:३८
काठमाडौँ । कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १ हजार ६३० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (माघ १० गते) ले ३५ दिन भित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल काठमाडौँ १ नक्साल नागपोखरी वा बैंकको प्रधान कार्यालय टंगाल काठमाडौँमा आवेदन दिन सकिनेछ ।
तोकिएको अवधि भित्र सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।