‘बालेन सिटी’का नगर प्रहरीविरुद्ध महागर अगाडि फुटपाथ व्यवसायीको प्रदर्शन
काठमाडौं । महानगर प्रहरीले ठेलागाडा, साइकल, डोको लगायतका सामान जफत गरेपछि फुटपाथ व्यवसायीले काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।
महानगरको कार्यालय काठमाडौं प्लाजा अगाडि उनीहरुले प्रदर्शन गरेका हुन् । आफुहरुले आइतबार साँझ पनि एउटा अप्रेशन गरेर ठेलागाडासहित अन्य सामग्री जफत गरेको महानगरका अधिकारीहरुले बताएका छन् । त्यसैलाई लिएर प्रदर्शन भएको हो ।
फुटपाथ तथा साना व्यवसायीहरुले विभिन्न स्थानबाट फुटपाथ व्यवसायीका ३८ थान ठेलागाडा र ३९ थान साइकल जफत गरेको नगर प्रहरीले बताएको छ ।
आन्दोलनको अगुवाई गरेका अभियान्ता कुमार सापकोटोले नगर प्रहरीले लुटेरा शैलीमा फुटपाथ व्यवसायीको सामान जफत गरेका कारण आन्दोलनमा उत्रिनु परेको बताए ।
फुटपाथ व्यवसायलाई व्यवस्थित गर्न अभियन्ता ईःसँग सम्झौता गरेको महानगरले सम्झौता कार्यान्वयन गर्न बनाएको समिति अझै पूर्ण सक्रिय भएको छैन ।
महानगरले ईःसँग गरेको सम्झौता कार्यान्वयन कार्यदल समितिका सदस्य समेत रहेका सापकोटाले नगर प्रहरीको ज्यादतीविरूद्ध आन्दोलन निरन्तर गर्ने तयारी भइरहेको बताएका छन् ।