सोमबार यी १० कम्पनीको भयो सर्वाधिक कारोबार, कुनको कति ?

८ माघ २०८०, सोमबार १५:१२

काठमाडौँ । सेयर बजार आज पनि दोहोरो अकंले घटेको छ । बजार दोहोरो अकंले ओरालो लाग्दा कारोबार समेत खुम्चिएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३१.४९ अकंले घटेर २०९८.६९ बिन्दुमा बन्द भएको छ । आज ६ अर्ब ३६ करोड ६० लाख ७० हजार रुपैयाँको कारोबार भएको हो ।

आज हिमालयन रिइन्स्योरेन्सको ७८ करोड ६३ लाख ८३ हजार रुपैयाँ, न्यादी ग्रुप पावरको ३१ करोड १ लाख रुपैयाँ, अपि पावरको २४ करोड २७ लाख रुपैयाँ, सन नेपाल लाइफको १६ करोड २१ लाख रुपैयाँको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*