नाफामा नम्बर वान गोर्खाजलाई पछ्याउँदै मञ्जुश्री, पाँच कम्पनी ऋणात्मक जाँदा अन्यको अवस्था कस्तो ?
काठमाडौँ । नेप्सेमा सूचीकृत १५ वटै फाइनान्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । रिपोर्ट अनुसार ५ कम्पनीको नाफा ऋणात्मक रहेको छ । थप ५ वटा कम्पनीको मुनाफा घटेको छ भने अन्यको मुनाफामा सुधार आएको हो ।
चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा फाइनान्स कम्पनीको मुनाफा १.४१ प्रतिशतले बढेर ३८ करोड २७ लाख ७५ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा फाइनान्स कम्पनीको मुनाफा ३७ करोड ७४ लाख ६२ हजार रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको ६ महिनामा गोर्खाज फाइनान्सको मुनाफा १२ करोड १६ लाख ५ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको मुनाफा भन्दा ८१.०७ प्रतिशत बढी हो । गोर्खाजको नाफा १५ वटै फाइनान्स कम्पनी मध्य कै बढी हो । कम्पनीले गत आर्थिक वर्षको सोहि अवधिमा ६ करोड ७१ लाख ५७ हजार रुपैयाँ नाफा कमाएको थियो ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा फाइनान्स कम्पनी मध्ये बढी नाफा कमाउने मञ्जुश्री फाइनान्स रहेको छ । कम्पनीको मुनाफा १० करोड ५४ लाख ७१ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको भन्दा २२.७४ प्रतिशतले कम हो ।
त्यस्तै, आइसिएसि फाइनान्स नाफा कमाउने कम्पनीको तेस्रो नम्बरमा रहेको छ । चालु आर्थिक वर्षको पुष समान्तसम्ममा कम्पनीको मुनाफा ३५.८९ प्रतिशतले बढेर ५ करोड ३२ लाख २२ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ३ करोड ९१ लाख ६५ हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै, चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा पोखरा फाइनान्सको १८.३३ प्रतिशतले घटेर २ करोड ९० लाख ५४ हजार रुपैयाँ, श्री इन्भेष्टमेन्ट फाइनान्सको २३.६६ प्रतिशतले बढेर २ करोड ५६ लाख ४४ हजार रुपैयाँ, गुडविल फाइनान्सको ५१.२४ प्रतिशतले घटेर २ करोड २८ लाख ८५ हजार रुपैयाँ, मल्टीपर्पस फाइनान्सको ३८२.५८ प्रतिशतले बढेर १ करोड १२ लाख ४९ हजार रुपैयाँ, बेष्ट फाइनान्सको ११.८१ प्रतिशतले बढेर १ करोड ८ लाख ४७ हजार रुपैयाँ, जानकी फाइनान्सको ८६.३८ प्रतिशतले घटेर १९ लाख ८६ हजार र नेपाल फाइनान्सको ८२.८३ प्रतिशतले घटेर ८ लाख १२ हजार रुपैयाँ रहेको छ ।
पाँच फाइनान्सको मुनाफा ऋणात्मक
चालु आर्थिक वर्षको ६ महिनाको रिपोर्ट हेर्दा पाँच फाइनान्स कम्पनीको मुनाफा ऋणात्मक रहेको छ । प्रोगेसिभ फाइनान्स १० करोड ५७ लाख ५० हजार रुपैयाँ ऋणत्मक रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनी १ करोड ३० लाख २५ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।
त्यस्तै, गुहेश्वरी मर्चेन्ट ६ करोड ७० लाख ३० हजार रुपैयाँ, रिलायबल फाइनान्स ५ करोड ४७ लाख रुपैयाँ, सेन्ट्रल फाइनान्स ४ करोड ७६ लाख रुपैयाँ र समृद्धि फाइनान्स २ करोड १३ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।