२ वाणिज्य बैंकको खराब कर्जा करिब ५ प्रतिशत नजिक, ७ कम्पनीको ४ प्रतिशत माथि हुँदा अन्य कुनको कति ?
काठमाडौँ । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ । कम्पनीहरुको रिपोर्ट अनुसार अधिकांश खराब कर्जा बढेको छ । बैंकहरुको खराब कर्जा वृद्धि हुँदा मुनाफामा समेत प्रभाव गरेको छ ।
२० वटा वाणिज्य बैंकहरुमा १७ कम्पनीको खराब कर्जा वृद्धि भएको छ भने ३ वटाले मात्र घटाउन सफल भएका छन् । खराब कर्जा घटाउने बैंकहरुमा कृषि विकास बैंक, सिद्धार्थ बैंक र नबिल बैंक रहेको छ । अन्य १७ कम्पनीको खराब कर्जा भने बढेको हो ।
२ बैंक खराब कर्जा झण्डै ५ प्रतिशत, ७ कम्पनीको ४ प्रतिशत माथि
चालु आर्थिक वर्षको ६ महिनामा ९ वाणिज्य बैंकहरुको खराब कर्जा ४ प्रतिशत माथि रहेको छ । सबैं भन्दा बढी खराब कर्जा कुमारी बैंक र हिमालयन बैंकको रहेको छ । कुमारीको ४.९७ प्रतिशत र हिमालयनको ४.९५ प्रतिशत खराब कर्जा रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कुमारीको ३.१५ प्रतिशत र हिमालयनको ३.७७ प्रतिशत खराब कर्जा रहेको थियो ।
पुष समान्तसम्मको अवधिमा सबै भन्दा बढी खराब कर्जा हुने बैंकको तेस्रो नम्बरमा प्रभु बैंक रहेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १.९८ प्रतिशत खराब कर्जा रहेको बैंकको चालु आर्थिक वर्षको सोहि अवधिमा आइपुग्दा बढेर ४.९० प्रतिशत पुगेको हो ।
त्यस्तै, खराब कर्जा ४ प्रतिशत माथि हुने बैंकहरुमा क्रमशः नेपाल इन्भेष्टमेन्ट बैंकको ४.७५ प्रतिशत, ग्लोबल आइएमई बैंकको ४.६८ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ४.६७ प्रतिशत, नेपाल बैंकको ४.५० प्रतिशत, प्राइक कर्मसियल बैंकको ४.०७ प्रतिशत र सिटिजन बैंकको ४.०७ प्रतिशत रहेको छ ।
त्यस्तै, पुष अन्तिमसम्ममा राष्ट्रिय वाणिज्य बैंकको ३.९५ प्रतिशत, कृषि विकास बैंकको ३.०२ प्रतिशत, एनएमबि बैंकको २.८६ प्रतिशत, माछापुच्छ्रे बैंकको २.६२ प्रतिशत, सिद्धार्थ बैंकको २.५६ प्रतिशत, नेपाल एसबिआई बैंकको २.२९ प्रतिशत, सानिमा बैंकको १.७२ प्रतिशत, स्टान्डर्ड चार्टर्ड बैंकको १.६० प्रतिशत, नबिल बैंकको १.२० प्रतिशत, एनआइसि एशिया बैंकको १.१९ प्रतिशत र एभरेष्ट बैंकको ०.७७ प्रतिशत खराब कर्जा रहेको छ ।