हाइड्रोपावरको शेयर किन्ने र बेच्नेको घुइँचो, न्यूनतम १५७ रुपैयाँदेखि नै किन्न पाइने

७ माघ २०८०, आईतवार १७:४९

काठमाडौं । साता कारोबारको पहिलो दिन हाइड्रोपावर सेक्टरमा तिव्र उताचढाव देखिएको छ । हाइड्रोपावरको शेयर किन्ने र बेच्ने लगानीकर्ता अत्यधिक भएपछि शेयरमूल्यमा उतारचढाव देखिएको हो ।

यस दिन हाइड्रोपावर सेक्टरबाट कुल कुल ९१ सूचीकृत कम्पनीहरु कारोबारमा आएका थिए । जसमध्ये ४२ कम्पनीहरुको शेयरमूल्य बढ्दा ४७ को घट्यो भने दुई कम्पनी स्थिर रहे ।

आज आँखु खोला र मिड सोलु हाइड्रोपावर कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ । यी दुई कम्पनीहरुको शेयरमूल्य क्रमशः ९.९७ र ९.७८ प्रतिशतले बढेका हुन । आज ८ हाइड्रोपावर कम्पनीहरुको शेयरमूल्य ५ प्रतिशतभन्दा अधिकले बढेको छ ।

त्यस्तै, आज मोलुङ हाइड्रोपावर र बाराही हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक घटेको छ । यी दुई कम्पनीहरुको शेयरमूल्य क्रमशः ७.२६ र ६.२५ प्रतिशतले घटेको हो । आज २१ हाइड्रोपावर कम्पनीहरुको शेयरमूल्य २ प्रतिशतभन्दा अधिकले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*