हिमालयन रिइन्स्योरेन्सको सेयरमा झुम्मिए लगानीकर्ता, कुनको कति कारोबार ?

७ माघ २०८०, आईतवार १५:१५

काठमाडौँ । साताको पहिलो कारोबारको दिन नै सेयर बजार ओरालो लागेको छ । बजार ओरालो लागे पनि हिमालयन रिइन्स्योरेन्सको सेयरमा लगानीकर्ता झुम्मिएका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.६३ अकंले घटेर २१३०.१८ बिन्दुमा बन्द भएको छ । आज ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार रुपैयाँको कारोबार भएको छ ।

आइतबार हिमालयन रिइन्स्योरेन्सको ५६ करोड ७९ लाख १० हजार रुपैयाँ, हिमाल दोलाखा हाइड्रोपावरको २२ करोड ९१ लाख रुपैयाँ, अपि पावरको २० करोड ८२ लाख रुपैयाँ, नेपाल रिइन्स्योरेन्सको २०) करोड १३ लाख रुपैयाँको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*