त्रिभुवन विमानस्थलबाट आधा किलो सुनसहित एक झापाली पक्राउ

७ माघ २०८०, आईतवार १३:१८

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट एक व्यक्ति ४९९ ग्राम सुनसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाका खगेन्द्र दर्जी रहेका छन् ।

दोहो हुँदै काठमाडौं आएका दर्जी चेकजाँचका क्रममा उक्त परिमाणको सुनसहित पक्राउ परेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख टेकराज पाण्डेले बताए ।

बरामद गरिएको केही सुन अर्धठोस अवस्थामा रहेको समेत बताइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*