सर्वोत्तम सिमेन्टको आइपीओमा कतिले दिए आवेदन ?
काठमाडौं । वैदेशिक रोजगारमा गएका नेपालीका लागि खुलाइएको सर्वोत्तम सिमेन्टको आइपीओमा ६१ करोड ५ लाख ३८ हजार १३९ रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात माघ ५ गते साँझ ५ः६ बजेसम्म २५ हजार ८३९ जना आवेदकले १६ लाख ९१ हजार ७१० कित्ताका लागि आवेदन दिएका हुन् । जुन माग भन्दा मागभन्दा ६.३४ गुणा बढी आवेदन परेको हो ।
कम्पनीको कुल जारी पुँजीको १२.९०३३ प्रतिशतले हुने ६० लाख कित्ता सेयर बुक बिल्डिङ विधिबाट जारी गर्न अनुमति पाएको थियो । यसमध्ये कम्पनीले ४० प्रतिशत अर्थात २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्ताका लागि निष्कासन गरिसकेको छ । त्यसबाहेक वैदेशिक रोजगारमा रहेका नेपालीलाई २ लाख ६७ हजार कित्ता र स्थानीयबासीलाई ९ लाख ३० हजार कित्ता आइपिओ अहिले निष्कासन गरिएको हो ।
आइपिओमा माघ १० गते सम्ममा आवेदन दिन सकिनेछ । यस आइपिओको निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ भने कम्पनी उत्पादन सेक्टरको रहेको छ ।