पुरानो नगद लाभांश लिन शेयरधनीलाई स्ट्याण्डर्ड चार्टर्ड बैंकको आग्रह
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आफ्ना शेयरधनीलाई पुरानो नगद लाभांश बुझिलिन आग्रह गरेको छ।
साधारण सभाले लाभांश पारित गरेको मितिले ५ वर्ष भित्र पनि शेयरधनीले बुझिनलिएमा उक्त नगद लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने कानुनी प्रावधान रहेको छ । बैंकले आर्थिक वर्ष २०७४।७५ को नगद लाभांश बुझिलिन बाँकी शेयरधनीलाई एक महीनाभित्र लाभांश बुझिलिन आग्रह गरेको छ ।
तोकिएको समयभित्र पनि नगद लाभांश बुझिनलिएमा लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले जनाएको छ ।
हालसम्म नगद लाभांश लिन बाँकी शेयरधनीहरुले हितग्राही खाता नखोलेको भएमा हितग्राही खाता खोली भौतिक शेयरहरु अभौतिकरण गरी तथा हितग्राही खातामा सम्बन्धीत शयरधनीको बैंक खाता नम्बर अध्यावधिक गराएपछि मात्रै नगद लाभांश बैंक खातामा जम्मा हुने बैंकले स्पष्ट पारेको छ ।