सहकारी विभाग अगाडि रवि लामिछानेमाथि कारबाहीको माग गर्दै नेविसंघको प्रदर्शन

४ माघ २०८०, बिहीबार १५:५०

काठमाडौं । सहकारी ठगीमा जोडिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कारबाहीको माग गर्दै नेपाल विद्यार्थी संघले सहकारी विभाग अगाडि प्रदर्शन गरेको छ ।

नेविसंघले लामिछाने मुछिएको घटनासहित समग्र सहकारी घोटालाबारे छानविन गर्न माग गर्दै विभागमा उजुरी समेत दर्ता गरेको छ । नेविसंघले उजुरी दर्ता गरेसँगै विभिन्न नाराहरू सहित प्रदर्शन गरेको हो ।

सहकारी घोटालाले नेपालको आर्थिक, सामाजिक र राजनीतिक विकासमा गम्भीर असर पारेको नेविसंघले बताएको छ । नेविसंघ केन्द्रीय सदस्य आदर्श मल्लले सहकारी विभागलाई सहकारी घोटालाको तत्काल जाँच गर्न र संलग्न व्यक्तिहरूमाथि कानूनी कारबाही गर्न माग गरे ।

मल्लसहितका विद्यार्थी नेताहरुले रास्वपा सभापति लामिछानेमाथि समेत छानविन तथा कारबाही गर्न माग गरेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*