मन्त्रालयका अधिकारीले नै ‘आउटडेटेड प्रविधि’भनेपछि टेरामक्सको ठेक्का तोड्न रास्वपाको माग
काठमाडौं । विभागीय मन्त्रालयका अधिकारीले नै ‘आउटडेटेड प्रविधि भनेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले टेरामक्सको ठेक्का तोड्न सरकारसँग माग गरेको छ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा रास्वपा सांसद सुमना श्रेष्ठले यस्तो माग गरेकी हुन् ।
टेरामक्सको औचित्य सकिएको भन्ने सञ्चार मन्त्रालयका सहसचिव गौरव गिरीको अभिव्यक्तिपछि सांसद श्रेष्ठले ठेक्का तोड्न माग गरिन् । सञ्चार मन्त्रालयका सहसचिव गिरीले टेरामक्स भीओआइपी कल नियन्त्रण गर्न आवश्यक प्रविधि भएको र अहिलेको समयमा यो क्रम निकै न्यून भइसकेकाले प्रयोगकर्ताहरु भ्वाइस डेटामा सिफ्ट भइसकेकाले यसको औचित्य सकिएको धारणा राखेका थिए ।
उनको यो धारणापछि सांसद श्रेष्ठले औचित्य नभएको प्रविधि जडान गर्न आवश्यक नभएको र सरकारले ठेक्का रद्द गर्नु पर्ने बताईन् ।