मध्यपूर्वको युद्ध अन्ततः दक्षिण एसिया छिर्यो, इरानद्धारा पाकिस्तानमा मिसाईल प्रहार

३ माघ २०८०, बुधबार २३:०६

काठमाडौं । इरानले पाकिस्तानी भूमिमा रहेको आतंकवादी विरुद्धमा भिषण मिसाइल प्रहार गरेपछि मध्यपूर्वको युद्ध थप विस्तार हुँदै दक्षिण एसियासम्म आईपुगेको छ । नेपालमा मध्यपूर्वमा भइरहेको युद्धको असर न्यून हुने भन्दै चर्चा चलिरहेको बेला केहीबेर अघि इरानले पाकिस्तानको बलुचितास्तान क्षेत्रमा रहेका आतंकवादी संगठनको सैन्य शिविर लक्षित गर्दै हवाई हमला गरेको हो ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार इरानका विदेशमन्त्री अमिरादडोल्लाहैन हुसैनले गाजामा इजरायली आक्रमण नरोकिएसम्म पाकिस्तानमाथिको आक्रमण जारी रहने उल्लेख गरेका छन् । इरानले पाकिस्तानी भूमिमा लुकेर रहेका जैस अल अब्दलको सैन्य अखडामा हवाई र ड्रोन हमला गरेर नष्ट गरेको जनाएको छ ।

उता, पाकिस्तानी विदेश मन्त्रालयले आजै साँझ प्रेस बिज्ञप्ति प्रकाशित गरेर आफ्नो भूमिमा भएको मिसाईल हमला कुनै पनि प्रकारले स्वीकार गर्न नसकिने बताउँदै यसले गम्भिर परिस्थिति निम्त्याउन सक्ने चेतावनी दिएको छ । पाकिस्तानी विदेश मन्त्रालयले आजै साँझ जारी गरेको बिज्ञप्तिमा इरानले पाकिस्तानी एयरप्लेस उल्लंघन गरेको आरोप लगाएको छ । साथै आजै साँझ जारी अर्को बिज्ञप्तिमा दुई देशका परराष्ट्र मन्त्रीहरुका बीचमा टेलिफोन संवाद भएको उल्लेख गरेको छ ।

घट्नामा दुई बालबालिका मारिएको र दुई जना भन्दा बढि घाइते भएको रोयटर्सले जनाएकोछ । अधिकांश अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा पाकिस्तानमािथ इरानले गरेको हमलाको विषयलाई प्राथमिकताका साथ समाचार प्रकाशित गरेका छन् । केही दिन पहिले इरान रिभोलुसनरी गार्डका कमाण्डर सुलेमानीको चौथो बार्षिकीमा आयोजित कार्यक्रममा दुई बम शक्तिशाली बम बिस्फोट हुँदा सय भन्दा बढि मानिसहरु मारिएका थिए । सो घटनापछि इरान समर्थित सैन्य समुहले इराक र सिरियामा रहेको अमेरिकी सैन्य क्याम्पमा आक्रमण तीव्र पारिरहेका छन् । यसै क्रममा पाकिस्तानमाथि इरानले हमला गरेको हो ।

यसैबीच, पाकिस्तानले इरानमा रहेको आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ भने सबै प्रकारको उच्चस्तरीय भेटवार्ता बन्द गर्ने निर्णय गरेको छ । दुई देशका बीचमा बिग्रिएको सम्बन्धले नयाँ युद्धको खतरा अगाडि आएको चर्चा अन्तर्राष्ट्रिय जगतमा चलिरहेको छ ।

मध्यपूर्वमा फैलिएको युद्ध अब औपचारिक रुपमा नेपालको मित्र राष्ट्र पाकिस्तानसम्म आईपुगेको छ । नयाँ रुपमा सुरु भएको नयाँ युद्धको नेपालमा कस्तो बाछिना आईपुग्छ अहिले नै भन्न सक्ने अवस्था छैन ।

विगत दुई वर्षदेखि आर्थिक संकटमा फसेको नेपालमा भर्खरै सुधारको मार्गमा अघि बढिहेको बेला मित्र राष्ट्रमा मडारिएको नयाँ युद्धको बादलले पुनः प्रभावित पार्ने अनुमान गरिएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*