बजार घट्दा विकास बैंकमा खासै देखिएन उत्साह, अधिकांशको शेयरमूल्यमा गिरावट

३ माघ २०८०, बुधबार १८:२०

काठमाडौं । बुधबार बजार दोहोरो अंकले घटेको छ । बजार घटेसँगै यस दिन १० सूचीकृत विकास बैंकहरुको शेयरमूल्यमा गिरावट आएको हो ।

आज बजार २२ सयको विन्दुमा उक्लिएको भएतापनि टिक्न भने सकेन । कारोबार अन्तिम सत्रमा आउँदै गर्दा बजार घट्दै गएपछि १२ अंकले घटेर आजको कारोबार बन्द भएको छ ।

यस क्रममा आज विकास बैंक परिसूचक ८.३९ अंकले उचालिएर ४२७० को विन्दुमा कायम भएको छ । यस दिन विकास बैंक उपसूचक ०.१९ प्रतिशतले बढेको हो । आज ६ वटा सूचीकृत विकास बैंकहरुको मात्र शेयरमूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*