साना किसान लघुवित्तका पूर्व सिईओ कार्की नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा नियुक्त

३ माघ २०८०, बुधबार १७:३१

काठमाडौं । साना किसान लघुवित्तका पूर्व सिईओ नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदमा पर्वतकुमार कार्की नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषदले उनलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

पर्वत कार्की हाल किसान लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत छन्। व्यवस्थापनमा स्नातकोत्तर गरेका कार्की राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । राष्ट्र बैंकमा तीन दशक अनुभव सम्हालेका कार्कीले ग्रामीण विकास बैंकको सीईओ भएर पनि काम गरेका छन्।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*