बीमापोष्ट समाचार प्रभाव : त्रिभुवन विमानस्थल भन्सार जाँच पासबाट हटे स्टार फोर्सका सेक्युरिटी गार्ड, सशस्त्रलाई जिम्मा
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार जाँच सशस्त्र प्रहरीले गर्न थालेको छ । विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डा. टोकराज पाण्डेका अनुसार माघ १ अर्थात् सोमबारदेखि सशस्त्र प्रहरी बल प्रहरी निरीक्षकको कमाण्डमा ३० जनाको टोली भन्सार जाँचका लागि खटाइएको छ ।
पाण्डेले भने, ‘यसयघि अराइभलमा प्राइभेट कम्पनीका सेक्युरिटी गार्डले जाँचको काम गर्थे । अहिले सशस्त्र प्रहरीको तर्फबाट चेकिङको काम हुन थालेको छ ।’ प्रमुख भन्सार प्रशासक डा. पाण्डेको पहलमा अर्थ मन्त्रालयले पुस १७ गते विमानस्थल भन्सार जाँचका लागि सशस्त्र प्रहरीलाई खटाउन भन्दै गृह मन्त्रालयलाई चिठी पठाएको थियो ।
अर्थको मन्त्रीस्तरीय अनुरोधपछि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पुस २६ गते सशस्त्र प्रहरीलाई खटाउने निर्णय गरेका थिए । सशस्त्रको टोलीले अहिले चार सिफ्टमा पाँच–पाँच जनाको टोलीका दरले जाँच पासको काम गरिरहेको प्रमुख भन्सार प्रशासक डा. पाण्डेले बीमापोष्टलाई बताए ।
बीमापोष्टले त्रिभुवन विमानस्थलको अराइभलमा जाँच पास गर्ने निजी सेक्युरिटी कम्पनीका सेक्युरिटी गार्ड भन्दै श्रृंखलावद्ध स्थलगत रिपोर्ट प्रकाशित गरेको थियो । जहाँ विमानस्थल भन्सार कार्याल आफैंले ठेक्का दिएको स्टार फोर्स सेक्युरिटी कम्पनीका सुरक्षागार्डले जाँच पासको काम गर्दै आएका थिए ।
अहिले भन्सार विभागले आफ्ना गल्तीहरु सच्याएको छ भने त्यहाँ सशस्त्र प्रहरीले जाँच पासको काम गर्न थालेको छ । यद्यपि, जानकारहरुले अझै एउटा मात्रै निकाय नभई अध्यागमन, प्रहरी, त्रिभुवन विमानस्थल, राजस्व र भन्सारका प्रतिनिधिहरु सम्मिलित संयुक्त टोलीले जाँच पासको काम गर्नु पर्ने सुझाव दिएका छन् । यसअघिका अध्ययन समितिहरुले समेत यस्तो सुझाव पटक-पटक दिएको बताइन्छ ।
यो पनि पढ्नुहोस्
One thought on “बीमापोष्ट समाचार प्रभाव : त्रिभुवन विमानस्थल भन्सार जाँच पासबाट हटे स्टार फोर्सका सेक्युरिटी गार्ड, सशस्त्रलाई जिम्मा”