हिमालयन रि र ङादी ग्रुपको शेयरमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार?
३ माघ २०८०, बुधबार १५:१५
काठमाडौं । साता कारोबारको चौथो दिन नेप्सेमा हिमालयन रिको शेयर सर्वाधिक कारोबार भएको छ । बुधबार यस कम्पनीको ६५ करोड ८४ लाख ९० हजार रुपैयाँको शेयर कारोबार भएको हो ।
दोस्रोमा ङादी ग्रुप पावरको शेयर कारोबार सर्वाधिक भएको छ । यस कम्पनीको आज ३३ करोड १ लाख ८६ हजारको शेयर कारोबार भएको हो । त्यस्तै, आज सोनापुर मिनरल्स, मुक्तिनाथ कृषि कम्पनी, निफ्रा, एनआरएन, हाथवे, अरुण कावेली, हिमाल दोलखा हाइड्रोपावर र रिडी पावरको सर्वाधिक शेयर कारोबार भएको छ ।