इमर्जिङ्ग नेपालले शेयरधनीको खातामा जम्मा गरायो नगद लाभांश

३ माघ २०८०, बुधबार १०:४४

काठमाडौं । इमर्जिङ्ग नेपालले आफना सेयरधनीको खातामा ८। ४२१०५ प्रतिशत नगद लाभांश जम्मा गरेको छ ।

कम्पनीले गत मंसिर १५ गतेको सभाबाट ८। ४२१०५ प्रतिशत नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।

कम्पनीले मंसिर ५ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा उक्त नगद लाभांश जम्मा गरिएको हो ।

हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका र भौतिक सेयर अभौतिक नगरेका सेयरधनीहरुलाई अभौतिकिकरण गर्न कम्पनीले आह्वान गरेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*