मिर्मिरे लघुवित्तको मुनाफा ३ करोड ४० लाख रुपैयाँ आर्जन,अन्य सूचक कस्तो ?

३ माघ २०८०, बुधबार १०:०२

मिर्मिरे लघुवित्तले वित्तीय विवरण प्रकाशित गरेको हो।

प्रकाशित वित्तीय विवरण अनुसार लघुवित्तले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ३ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१।४८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ५ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै लघुवित्तको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २५।८४ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ११।५१ प्रतिशत घटेको छ। त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन मुनाफा २१।९५ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ४१।४८ प्रतिशत घटेको छ। पुस मसान्तसम्ममा लघुवित्तको वितरण योग्य मुनाफा १ करोड ९८ लाख रुपैयाँ रहेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ७ रुपैयाँ ५७ पैसा घटेर १० रुपैयाँ २२ पैसामा झरेको छ। पुस मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ६१।०६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ ४१ पैसा रहेको छ।

६६ करोड ५७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ४२ करोड ८८ लाख रुपैयाँ सञ्चित छ। पछिल्लो ६ महिनामा लघुवित्तको निक्षेप तथा सापटी ०।४० प्रतिशत घटेको छ भने कर्जा लगानी ३।३२ प्रतिशत घटेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*