सोना सिमेन्ट, निफ्रा र एनआरएनको सर्वाधिक कारोबार, यी हुन आजका सर्वाधिक किनिएका शेयर
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचिमा सोना सिमेन्ट परेको छ ।
त्यस्तै, निफ्रा, एनआरएन इन्फास्टक्चर डेभलपमेन्ट, हिमाल खोला हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ । त्यस्तै, अपि पावर, अरुण कावेली पावर, हाथवे, सिभम सिमेन्ट, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र ङादी पावरको पनि सर्वाधिक कारोबार भएको छ ।
आज एकै दिन सोना सिमेन्टको २८ करोड ३१ लाख ५५ हजार रुपैयाँको शेयर कारोबार भएको छ भने निफ्राको २३ करोड रुपैयाँको कारोबार भएको छ । त्यस्तै, एनआरएन डेभपलमेन्टको २१ करोड रुपैयाँको शेयर कारोबार हुँदा हिमाल पावरको १७ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।
SONA | 283,155,802.40 | 554.00 |
NIFRA | 232,638,411.20 | 245.00 |
NRN | 211,397,478.90 | 594.20 |
HDHPC | 176,325,927.90 | 154.50 |
API | 164,667,528.30 | 200.90 |
AKPL | 162,688,615.20 | 209.60 |
HATHY | 158,030,295.50 | 1,087.00 |
SHIVM | 149,715,230.10 | 545.00 |
RNLI | 133,182,417.00 | 590.00 |
NGPL | 133,073,435.80 | 299.70 |