न्यायाधीशकै पत्नीले गरिन् सर्वोच्च अदालत अगाडि आत्मदाहको प्रयास

२९ पुष २०८०, आईतवार १४:२५

काठमाडौं । न्यायाधीश भुवन गिरीकी पत्नीले सर्वोच्च अदालत परिसरमै आत्मदाहको प्रयास गरेकी छन् । सर्वोच्च अदालतअघि न्यायाधीश गिरीकी पत्नी आरती रावल गिरीले आफैंमाथि पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ ।

शरीरमा पेट्रोल खन्याउन लागेको देखेपछि प्रहरीले उनलाई रोकेको थियो । प्रहरीले उनीसँग रहेको पेट्रोलको बोतल र सलाई पनि खोसेको छ । न्यायाधीश गिरीमाथि उनले वैवाहिक बलात्कारको मुद्दा हालेकी छन् ।

यसअघि पक्राउ परेका गिरीलाई अदालतले धरौटीमा रिहा गरिदिएको थियो । न्यायका लागि आरतीले लामो समय माइतीघर मण्डलामा धर्ना समेत दिएकी थिईन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*