जनप्रतिनिधिको अवरोध हटेपछि काठमाडौं महानगरको नगरसभा सुरु
२९ पुष २०८०, आईतवार १३:३४
काठमाडौं । नेपाली कांग्रेसका जनप्रतिनिधिको विरोधले रोकिएको काठमाडौं महानगरपालिकाको १४औं नगरसभा सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा महानगरपालिकाको चालु आर्थिक वर्षको दोस्रो नगरसभा सुरु भएको हो ।
महानगरपालिकाले नगरसभामार्फत बजेट संशोधन गर्ने तयारी गरेको छ । २५ पुसमा नगर सभा गर्ने महानगरले तयारी गरेपनि नेपाली कांग्रेसका जनप्रतिनिधिको विरोधको कारण रोकिएको थियो ।
कार्यपालिकाको निर्णय हेरफेर गरेर आफ्नालाई जागिरमा भर्ती गरेको भन्दै कर्मचारीको विरोधमा जनप्रतिनिधि, समितिका सभापतिहरु बैठकमा अनुपस्थित हुने अनौपचारिक दबाब पछि महानगरको नगरसभा आइतबारलाई सारिएको हो ।