राष्ट्रिय वाणिज्य बैंकले घटायो ब्याजदर, कुन खातामा कति?

२९ पुष २०८०, आईतवार १२:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ब्याजदर घटाएको छ । बैंकले माघ १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले साधारण बचत खातामा न्यूनतम ३.९९ प्रतिशतदेखि अधिकतम ४.९९ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले रेमिटेन्स बचत खातामा भने ५.९९ प्रतिशत ब्याजदर कायम गरेको छ ।

बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ६.०७ प्रतिशत र व्यक्तिगततर्फ ८.०७ प्रतिशत ब्याजदर निर्धारण गरेको हो । साथै, पछिल्लो तीन महिनाको औषत आधार दर ८.३९ प्रतिशत, २०८० मंसिर महिनाको ब्याजदर अन्तर ३.९७ बैंक जमानत भुक्तानीमा तत्काल लागु रहेको अधिकतम ब्याजदर लाग्ने सूचनामा उल्लेख गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*