निमित्तको जिम्मामा डीडीसी, कानूनी उपचार खोज्ने महाप्रबन्धक झाको धम्की

२९ पुष २०८०, आईतवार ११:२३

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)को निमित्त महाप्रबन्धकको जिम्मेवारी उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले पाएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले महाप्रबन्धक सञ्जीव झालाई पुस २५ गतेदेखि लागु हुने गरी मन्त्रालय तानेपछि अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि अधिकारीलाई निमित्त महाप्रबन्धकको जिम्मेवारी दिएको हो । पुस २६ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार अधिकारीलाई निमित्तको जिम्मेवारी दिएको बताइएको छ ।

कृषि मन्त्रालयले निर्माण गर्ने दुग्ध एवं दुग्धजन्य पदार्थसम्बन्धी विषयको नीति तर्जुमा एवं हाल यस विषयमा देखिएको समस्याको समाधानका सम्बन्धमा मन्त्रालयलाई आवश्यक सहायोग गर्न भन्दै महाप्रबन्धक झालाई मन्त्रालय बोलाएको हो । पत्रमा यस्तो उल्लेख गरिए पनि कृषि मन्त्रालयले महाप्रबन्धक झाको काम सन्तोषजनक नभएको भन्दै विभागीय मन्त्रालय झिकाइएको बताउँदै आएको छ ।

महाप्रबन्धक झा आफू मन्त्रालयम हाजिर नहुने बताउँदै आएका छन् । बरु कानूनी उपचार खोज्ने तर मन्त्रालय नजाने उनको भनाइ छ । निमित्त महाप्रबन्धक झाले डीडीसीमा मौज्दातको समस्या रहेको बताउँदै किसानको भुक्तानीका लागि सरकारले सहुलियत ऋणको सहयोग गर्नुपर्ने बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*